काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

रवि लामिछाने को निवेदनमा सुनुवाइपछि सोमबार (चैत ३०) न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति दिएको हो । सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति उल्लेख गर्दै आफैँ तारेखमा उपस्थित हुन नसक्ने अवस्था निवेदनमा दर्शाएका थिए ।

advertisement

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई वारेश अनुमतिको आधार लिएको छ । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com