काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश र जनताको हितलाई केन्द्रमा राख्दै सबै राजनीतिक शक्तिहरूले दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले शान्त, सभ्य तथा आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माणका लागि सबै जिम्मेवार पक्षहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

उनले नेपाली जनताको दीर्घ त्याग, संघर्ष र बलिदानबाट हासिल भएका ऐतिहासिक उपलब्धिहरूको संरक्षण गर्नु वर्तमानको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे। ती उपलब्धिलाई थप सुदृढ बनाउँदै भविष्यमा देखिन सक्ने राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबैले एकजुट संकल्प र दृढ अठोट आवश्यक रहेको उनले बताएका छन्। साथै, अहिलेको समय नयाँ अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासतर्फ दृढतापूर्वक अघि बढ्नुपर्ने उनले जोड दिएका छन्।

advertisement

सभापति थापाले नयाँ वर्षले नेपालीहरूबीचको एकता, भाइचारा र सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउँदै आर्थिक तथा सामाजिक समृद्धितर्फ अग्रसर हुन नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा ल्याओस् भन्ने शुभकामना उनले दिएका छन्। साथै, राजनीतिक दलहरूले सत्ताको खेलमा सीमित नभई समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने सन्देश पनि उनले दिएका छन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com