काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताका थुप्रै अवसर तथा खुसीहरू ल्याओस् भन्ने कामना गरेका हुन्।

advertisement

उनले विगत वर्षका दुःख, पीडा र निराशालाई पुरानै वर्षसँगै बिदाइ गर्न आग्रह गर्दै सकारात्मक उपलब्धिहरूलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

बस्नेतले नयाँ वर्षले प्रत्येक व्यक्तिको जीवनमा आशा, उत्साह र प्रगतिका नयाँ सम्भावना सिर्जना गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com