काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्सेर राणाले नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय एकता सुदृढ गर्दै विशेषगरी युवापुस्ताको हितमा ठोस उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

नववर्षका अवसरमा जारी शुभकामना सन्देशमा उनले राष्ट्र निर्माणको आधारलाई बलियो बनाउँदै “स्वदेश नै स्वर्ग” भन्ने आदर्शअनुसार नयाँ वर्षलाई राष्ट्रिय एकता, आर्थिक प्रगति र नवप्रवर्तनको महत्वपूर्ण मोड बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

advertisement

धवलशम्सेर राणाले हालै सम्पन्न निर्वाचनपछि जनतामा नयाँ आशा जागेको उल्लेख गर्दै सरकारबाट केही सकारात्मक प्रयासहरू सुरु भएको बताए। तथापि, समाजमा गहिरिँदै गएको भ्रष्टाचारको अन्त्य अपरिहार्य रहेको, रोजगारी सिर्जना, महँगी नियन्त्रण तथा बढ्दो वैदेशिक ऋणजस्ता चुनौती अझै विद्यमान रहेको उनको भनाइ छ।

उनले राजनीतिक क्षेत्रमा देखिएका आशाका संकेतहरू सकारात्मक भए पनि राष्ट्रियता, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको औंल्याएका छन्।

नयाँ वर्षको शुभकामना दिँदै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् तथा सुशासन स्थापित भई भ्रष्टाचारको अन्त्य होस् भन्ने कामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com