काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त निर्णयप्रति आफ्नो असहमति व्यक्त गरेका हुन्।

‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको म विरोधमा छु,’ उनले लेखेका छन्, ‘मासिक ३० हजार तलब दिए पनि महिनामा ८२ लाख ५० हजार, वर्षमा ९ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुन्छ।’

advertisement

खर्च कटौती गर्ने उद्देश्यले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि सांसदहरूको स्वकीय सचिव सुविधा हटाएको थियो। तर, हाल संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले पुनः सो सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com