काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि आवश्यक गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ।

advertisement

अर्थ मन्त्रालयले मुलुकको औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्क सङ्कलन हुने भएकाले यस कार्यमा सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानलगायत १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण समेटिनेछन्।

यस क्रममा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, उद्योग, कलकारखाना, शैक्षिक तथा स्वास्थ्य संस्था, गैरसरकारी संस्था लगायतको विवरण सङ्कलन गरिनेछ। रोजगारी, लगानी, उत्पादन, सेवा प्रवाह तथा प्रतिष्ठानको प्रकारसमेत गणनामा समावेश गरिने छ।

आर्थिक गणनाको पूर्वतयारीका काम गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुआतमा ७७ जिल्लासहित थप सात कार्यालय गरी ८४ कार्यालय स्थापना गरिएको र ती कार्यालय असार मसान्तसम्म सञ्चालनमा रहने जनाइएको छ।

यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना गरिएको थियो, जसअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com