काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनसँगै नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन्।
मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन्।
त्यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
मन्त्रिपरिषद् पुनर्गठन नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिअनुसार भागबन्डा गरेर गरिएको जनाइएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया