काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यता सम्बन्धी प्रश्न उठाउँदै दायर गरिएको रिटमा सर्वोच्च अदालतले यसअघि भएको दरपिठ आदेशलाई सदर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता नगर्ने गरी गरेको निर्णयलाई नै मान्यता दिएको हो।

advertisement

यससँगै महान्यायाधिवक्ता कँडेलविरुद्ध परेको उक्त रिट अगाडि नबढ्ने भएको छ। दरपिठ आदेश बदर गर्न माग गर्दै अधिवक्ता माधव बस्नेतले चैत ३० गते छुट्टै निवेदन दायर गरेका थिए। उनले रजिस्ट्रारको निर्णयलाई कानुनी रूपमा त्रुटिपूर्ण भन्दै खारेज गर्न माग गरेका थिए।

रजिस्ट्रार पोखरेलको आदेशमा संविधानअनुसार असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर गरिएको उक्त निवेदन दर्ता गर्न नमिल्ने उल्लेख गरिएको थियो। साथै, महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालतको अनुभव आवश्यक पर्ने प्रावधानसमेत स्मरण गराइएको थियो।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com