• सांकेतिक तस्विर

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ एकीकृत निर्देशन जारी गरेको छ।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै केन्द्रीय बैंकले हालसम्म जारी भएका विभिन्न परिपत्र तथा निर्देशनहरूलाई समेटेर  ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ लागू गरेको हो। नयाँ व्यवस्थाले विद्युतीय कार्ड, मोबाइल बैंकिङ तथा डिजिटल वालेट प्रयोगका मापदण्ड र कारोबार सीमा पुनः निर्धारण गरेको छ।

advertisement

निर्देशनअनुसार अब मोबाइल बैंकिङ मार्फत दैनिक अधिकतम ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत दैनिक २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ। यस्तै डिजिटल वालेट प्रयोगकर्ताले बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सक्नेछन्। वालेट–टु–वालेट कारोबारमा भने दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा तोकिएको छ।

केन्द्रीय बैंकले वालेटमा रकम जम्मा गर्ने प्रक्रियामा पनि कडाइ गरेको छ। अब कुनै पनि प्रयोगकर्ताको वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम थप गर्न पाइनेछ।

त्यस्तै, वालेटमा रातभर ५० हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न नपाइने व्यवस्था गरिएको छ। सोभन्दा बढी रकम स्वतः सम्बन्धित प्रयोगकर्ताको बैंक खातामा स्थानान्तरण हुने प्रावधान पनि निर्देशनमा समावेश गरिएको छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com