काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधार का विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेका छन् ।

शिक्षा पत्रकार समूहको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर्दै सुधारका लागि सकारात्मक प्रयास थालनी गरेकाले उपयुक्त सुझाव र सहयोगका लागि आग्रह गरेका हुन् ।

advertisement

‘शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूले देखिएका राम्रा/नराम्रा विषयहरू निरन्तर बाहिर ल्याउनुपर्छ । हामीले कहिलेकाँही बाटो बिराउन पनि सक्छौँ । त्यस्तो बेलामा खबरदारी गर्नुपर्छ । बाटो बिराइएको ठाउँमा हामी सच्चिएर पनि जानुपर्ने हुन्छ’, मन्त्री पोखरेलले भने ।

उनले शिक्षा पत्रकार समूहको आग्रह बमोजिम ‘शिक्षाका लागि सञ्चार रणनीति, २०६५’ सम्बन्धी आवश्यक अध्ययन गरी सोको समीक्षा र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री पोखरेललाई समूहका अध्यक्ष निर्जला कक्षपतिले लामो समयदेखि रोकिएको विद्यालय शिक्षा विधेयक परिमार्जनसहित बजेट अधिवेशनमा ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को कार्यान्वयन हुन बाँकी विषयहरू कार्यान्वयन, शिक्षामा लगानी वृद्धि, शिक्षाका लागि सञ्चार रणनीतिको कार्यान्वयन, शिक्षा पत्रकारितामा अध्ययन तथा शोधवृत्तिको प्रबन्ध लगायत विभिन्न बुँदे सुझावपत्र हस्तान्तरण गरेकी थिइन् ।

भेटमा समूहका पूर्वअध्यक्षहरू प्रकाश सिलवाल, सुदर्शन सिग्देल, तुला अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com