काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनबारे आज पनि छलफल जारी रहने भएको छ। हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि निर्णय हुन सकेको थिएन।
सिंहदरबारस्थित दलको कार्यालयमा भएको छलफलमा दलको नेता चयनका विषयमा विस्तृत चर्चा भएको निर्वाचन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा रहेका छन्। साथै मोहन आचार्यदेखि निश्कल राईसम्मको नाम पनि चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।
पार्टीले दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटेमा निर्वाचन प्रक्रियाबाट निर्णय गर्ने तयारी गरिएको छ। सहमतिका लागि आज फेरि बैठक बस्नेछ।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया