काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्। प्रवक्ता मनिष झालेका अनुसार बैठक पार्टीको सांगठनिक विस्तार र महाधिवेशन तयारीमा केन्द्रित हुनेछ।

बैठकका लागि ६ वटा प्रमुख एजेन्डा तय गरिएको छ। विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल गरिनेछ भने महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय हुने बताइएको छ। साथै, आर्थिक पारदर्शिता कायम गर्न बैंक खाता सञ्चालन सम्बन्धी विषयमा पनि छलफल हुनेछ।

advertisement

पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा गरिने मनोनयनबारे पनि निर्णय लिने तयारी छ। यसपटक रास्वपाले ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डामा समेटेको छ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवीसम्बन्धी विषयमा समेत विस्तृत छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com