काठमाडौं । शनिबार साँझ आएको तीव्र हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ।

सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादवको उक्त घटनामा मृत्यु भएको हो। स्थानीय विन्देश्वर यादवकी श्रीमती रहेकी उनी घरमै बसिरहेको बेला आएको हावाहुरीले जस्तापाता उडाएको थियो। त्यसपछि पर्खाल भत्किँदा इँटा टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन्, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि पठाइएको छ।

गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com