काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह यसै साता पोखराको भ्रमणमा जाने भएका छन्।संवाद सचिवालयले आइतबार सूचना जारी गर्दै उनीहरूको पोखरा भ्रमणबारे जानकारी दिएको हो। सूचनामा जनाइए अनुसार उनीहरू यसै साता पोखरा प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा हुन सक्ने अन्य भेटघाट वा कार्यक्रमबारे भने सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया