काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुरले नेपालका उद्योगीहरूसँग छलफल गरेका छन्।

सोमबार नेपाल आइपुगेका उनले विभिन्न उद्योगी संघ–संस्थाका प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेका हुन्।

advertisement

परराष्ट्र मन्त्रालयका अनुसार उक्त छलफलमा नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा विशेष जोड दिइएको थियो।

त्यसैगरी, डिजिटल पूर्वाधारको विकास, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा तथा अमेरिकी प्रविधि सीप आदान–प्रदान गर्ने उपायहरूबारे पनि विचार विमर्श गरिएको जनाइएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com