काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टीकरण माग गरेको छ। समितिले सोमबार तामाङलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
अनुशासन समितिका सचिव दिनेश थापामगरका अनुसार तामाङले पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको हो।
जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहँदा पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्दै उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अन्तर्गतको अनुशासन उल्लंघन भएको ठहर गरिएको समितिले जनाएको छ।
यसै आधारमा सोही विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया