काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको खातामा रकम जम्मा गरिएको पाइएको छ। सोही रकम घुसस्वरूप प्राप्त भई दुवैले संयुक्त रूपमा सम्पत्ति खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

advertisement

निर्माण सेवा प्रालिले एकल तथा संयुक्त उपक्रममार्फत प्राप्त गरेका ठेक्कामध्ये करिब ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरका योजनाबाट ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको आरोप आयोगले लगाएको छ। उक्त रकमबाट जग्गा र सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको समेत पाइएको छ।

गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन, रूपान्तरण गर्न र हस्तान्तरण गर्न गरिएको गतिविधि गैरकानुनी ठहरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठ र अधिकारी दुवैविरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com