एजेन्सी । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो ।
रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल माइल दूरीमा भएको हो । रिपोर्टअनुसार आईआरजीसीको एउटा ‘गन बोट’ जहाज नजिक पुगेको थियो ।
सामान्यतया गरिने रेडियो सम्पर्क भीएचएफ चेतावनीबिनै सो बोटले जहाजमाथि सिधै गोली चलाएको बताइएको छ । यस आक्रमणका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको यूकेएमटीले जनाएको छ ।
यस घटनामा अहिलेसम्म आगलागी वा वातावरणीय क्षतिको खबर आएको छैन । जहाजका सबै क्रु सदस्य सकुशल रहेको बताइएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया