काठमाडौं ।  ‍इरान सँगको युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तिने जोखिममा परेको विवरण सार्वजनिक भएको छ ।

नयाँ द्वन्द्व उत्पन्न भए बारुद सकिने अवस्था नजिक अमेरिकी सेना पुगेको विवरण सीएनएनले प्रकाशित गरेको छ । अमेरिका र इरानबीच १४ दिने युद्धविरामको समय अप्रिल २३ मा सकिँदैछ ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल युद्धविराम लम्ब्याउने पक्षमा आफू नरहेको बताइरहेका बेला पेन्टागनको क्षेप्यास्त्र भण्डार रित्तिने जोखिम रहेको  विवरण सार्वजनिक भएको हो । अमेरिकी विज्ञ र पेन्टागनको हालैको आन्तरिक हतियार भण्डार मूल्यांकनमा संलग्न तीन जना व्यक्तिहरूलाई उद्धृत गर्दै  सीएनएनले उक्त विवरण प्रकाशित  गरेको हो ।

युद्धको सात हप्ताको अवधिमा अमेरिकाले कुल भण्डारणको ४५ प्रतिशत क्षेप्यास्त्र र ५० प्रतिशत इन्टरसेप्टर प्रयोग गरेको विवरण सीएनएनको विवरणमा उल्लेख छ ।

क्षेप्यास्त्र भण्डारणको अवस्थालाई पुरानै लयमा फर्काउनका निम्ति अमेरिकालाई चार वर्ष लाग्ने देखिएको छ।  “यी भण्डारण पूर्ति गर्न एकदेखि चार वर्ष लाग्नेछ र त्यसपछि पनि तिनलाई आवश्यक स्तरमा विस्तार गर्न थप धेरै वर्ष लाग्नेछ,” सेन्टर फर स्ट्राटेजिक इन्टरनेशनल स्टडिजले भनेको छ ।

अमेरिकी सेनाले टोमाहक मिसाइल भण्डारणको करिब ३० प्रतिशत, लामो दूरीको जोइन्ट एयर–टु–सर्फेस स्ट्यान्डअफ मिसाइल भण्डारको २० प्रतिशतभन्दा बढी, र एसएम–३ तथा एसएम–६ मिसाइलहरूको करिब २० प्रतिशत खर्च गरेको छ । यी प्रणालीहरूलाई प्रतिस्थापन गर्न चारदेखि पाँच वर्ष लाग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेप्यास्त्र भण्डारमा असर परेको भन्दै रक्षा मन्त्रालयलाई थप सहायता आवश्यक रहेको बताएका थिए । ”हामीलाई सर्वोत्कृष्ट बनाइराख्नका निम्ति सानो मूल्य खर्च गर्नुपर्ने अवस्था छ,” उनले भनेका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com