तेहरान। इरान र अमेरिका बीच बढ्दो तनावका बीच विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना तत्काल नरहेको इरानले स्पष्ट पारेको छ।

इरानी अधिकारी मोहम्मद बागेर घालिबाफ ले सामाजिक सञ्जालमार्फत अमेरिका र इजरायल ले युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै हालको अवस्थामा जलमार्ग सञ्चालन असम्भव रहेको बताएका छन्। उनले अमेरिकी नौसैनिक नाकाबन्दीले विश्व अर्थतन्त्रलाई असर पारेको र इजरायलले क्षेत्रीय तनाव बढाएको दाबी गरे।

advertisement

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेस्कियान ले वार्ताका लागि तयार रहेको संकेत दिए पनि नाकाबन्दी, धम्की र प्रतिबद्धता उल्लङ्घन नै प्रमुख अवरोध रहेको बताएका छन्।

पाकिस्तानमा हुने भनिएको नयाँ शान्ति वार्ता अन्योलमा परेको छ। वार्ताका लागि नेतृत्व गर्ने भनिएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स अझै अमेरिका नछोडेकाले प्रक्रिया अनिश्चित बनेको हो।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिका–इरान युद्धविरामको अवधि ‘ओपन–इन्डेड’ रूपमा बढाउने घोषणा गरेका छन्। ह्वाइट हाउसका अनुसार ट्रम्प इरानविरुद्धको नाकाबन्दीबाट सन्तुष्ट छन् र आवश्यक ठानेपछि मात्र युद्ध अन्त्य गर्ने नीति लिइएको छ।

तनावका बीच इरानले दुई मालवाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ। ‘एमएससी फ्रान्सेस्का’ र ‘एपामिनोन्डास’ नामक जहाजलाई ‘अनुगमन’ का लागि नियन्त्रणमा लिइएको बताइएको छ। यस घटनाले समुद्री सुरक्षा थप जटिल बनाएको छ।

यस्तै, संयुक्त अरब इमिरेट्स स्वामित्वको ‘युफोरिया’ नामक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको खबर छ। यद्यपि, उक्त जहाजमा ठूलो क्षति नभएको बताइएको छ।

स्ट्रेट अफ होर्मुजमा जारी तनावले विश्व व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढ्दै गएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com