काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती भत्काइँदै गएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

विज्ञप्तिमा सरकारले संविधानको धारा ३७(१) विपरीत गरिब तथा सुकुम्वासी नागरिकको बासस्थान भत्काइरहेको आरोप लगाइएको छ। साथै, धारा १६(१) मा उल्लेखित मौलिक अधिकार उल्लंघन भइरहेको उल्लेख गर्दै डर, धम्की र बल प्रयोगमार्फत नागरिकलाई विस्थापित गर्ने कार्यलाई ‘राज्य आतंक’को संज्ञा दिइएको छ।

advertisement

साम्पाङले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीहरूमा समयमै व्यवस्थापन नगर्दा समस्या जटिल बनेको बताएका छन्। त्यहाँ बसोबास गर्ने नागरिकले जीवनभरको कमाइ लगानी गरेर घर निर्माण गरेको उल्लेख गर्दै उनले उचित क्षतिपूर्ति र पुनर्बास बिना बस्ती हटाउनु अन्यायपूर्ण हुने बताए।

उनले सरकारलाई सुकुम्वासीलाई बेघर बनाउने नीति त्यागेर व्यवस्थित पुनर्बास र उचित क्षतिपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्। “जनतालाई बेघर बनाएर न सुशासन सम्भव छ, न विकास,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com