एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीच जारी युद्धविरामलाई थप तीन हप्ताका लागि लम्ब्याउने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत ह्वाइट हाउसमा दुवै पक्षका प्रतिनिधिबीच सम्पन्न वार्ता सकारात्मक र फलदायी भएको बताएका छन्। उनले उक्त छलफलले स्थायी शान्तिको दिशामा महत्वपूर्ण प्रगति भएको उल्लेख गरेका छन्।
यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच दीर्घकालीन शान्ति स्थापना गर्न छिट्टै उच्चस्तरीय भेटवार्ता हुने तयारी भइरहेको जानकारी पनि ट्रम्पले दिएका छन्।
ह्वाइट हाउसमा लेबनान र इजरायलबीच दोस्रो चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो। उक्त वार्ताको मुख्य उद्देश्य दुवै देशबीच स्थायी शान्ति सम्झौतामा पुग्ने रहेको बताइएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया