काठमाडौं । राजधानीको साँखु क्षेत्रमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ।
शुक्रबार लागूऔषध नियन्त्रण ब्युरोको टोली कारबाहीमा खटिएका बेला एक लागूऔषध प्रयोगकर्ताले प्रहरीमाथि नै गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको जनाएको छ।
घटनामा एक जना लागूऔषध प्रयोगकर्ता घाइते भएको पुष्टि भए पनि उनको अवस्था तथा थप विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोलसमेत बरामद गरेको जनाएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया