काठमाडाैं । गायिका रचना रिमाल लाई गृहजिल्ला झापा जाने क्रममा लगातार खराब मौसमका कारण ठूलो असहजता भोग्नुपरेको छ। मौसम प्रतिकूल हुँदा उनको झापा उडान दुई दिनदेखि प्रभावित बनेको हो।

सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले शनिबार काठमाडौँबाट झापाका लागि उडेको जहाज केही समयपछि मौसम बिग्रिएपछि पुनः काठमाडौँमै फर्कनुपरेको जानकारी दिएकी छन्। त्यसैगरी, आइतबार बिहान पुनः उडान भरेको जहाज पनि खराब मौसमकै कारण जनकपुरमा आकस्मिक अवतरण गर्नुपरेको उनले उल्लेख गरेकी छन्।

advertisement

उनले लेखेकी छन्, ‘कहिलेकाहीँ मौसमले साथ दिँदैन। हिजो झापा जाँदै गर्दा उडेको केही समयमै मौसम बिग्रिएपछि जहाज काठमाडौँ फर्कियो। आज बिहान फेरि उडेको जहाज पनि मौसमकै कारण जनकपुरमा अवतरण गर्नुपर्‍यो।’

पछिल्ला केही दिनदेखि देशभर मौसममा आएको बदलीका कारण आन्तरिक उडानहरू प्रभावित भइरहेका छन्।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com