काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया