काठमाडाैं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला पाँच हजार ४५ रुपैयाँ पुगेको चाँदी मंगलबार १०० रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com