काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। सर्वसम्मत रूपमा संसदीय दलको नेतृत्व सम्हालेपछि आङ्देम्बे खड्कालाई भेट्न गोल्फुटारस्थित उनको निवास पुगेका हुन्।

खड्कानिकट स्रोतका अनुसार सोमबार साँझ ५ बजेपछि दुई नेताबीच भेट भएको हो। यद्यपि, खड्काले भने उक्त भेटको तस्बिर मंगलबार मात्रै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेका छन्।

advertisement

तस्बिरसँगै खड्काले आङ्देम्बेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता तथा मेरा प्रिय मित्र भीष्मराज आङ्देम्बे संसदीय दलको नेता पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

खड्काले वर्तमान संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो दलको रूपमा रहेकाले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा आङ्देम्बेको भूमिका अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्। साथै, संवैधानिक परिषद्का सदस्यका रूपमा पनि उनको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको उनले उल्लेख गरेका छन्।

आङ्देम्बे सोमबार सर्वसम्मत रूपमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएका थिए।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com