काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको शक्ति अहिले पनि ‘कट्टरपन्थी सोच’ भएका व्यक्तिहरूको हातमा रहेको बताएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा रुबियोले भने, “धार्मिक रूपमा कट्टरपन्थी व्यक्तिहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका अधिकारी मात्र होइनन्, तर इरानी राजनीति र उनीहरूको वरपरको परिषद्मा पनि संलग्न छन्।”

advertisement

यस अन्तर्वार्तामा रुबियोलाई सोधिएको थियो– के उनलाई लाग्छ कि इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् ?

यसको जवाफमा मार्को रुबियोले भने, “हो, हामीसँग उनी जीवित छन् भन्ने संकेत छ तर यसको कुनै ठोस प्रमाण छैन।

इरानले पनि उनी जीवित रहेको दाबी गर्दै आएको छ।”

अयातोल्लाह अली खामेनीको हत्यापछि सर्वोच्च नेता बनेका मोज्तबा खामेनीको कुनै पनि भिडियो वा अडियो सार्वजनिक नभएको र मिडियामा केवल लिखित सन्देशहरू मात्र देखिएका छन्।

यसले उनी जीवित नरहेको आशंका बढाएको बताइएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com