काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ।
मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समिति बैठकले संसद् छल्ने गरी अध्यादेश अघि बढाइएको भन्दै आपत्ति जनाउँदै तत्काल संसद् अधिवेशन पुनः आह्वान गर्न माग गरेको हो।
बैठकपछि जारी वक्तव्यमा नेकपाले आफूले नै आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश ल्याउने कार्यलाई गैर–लोकतान्त्रिक कदमको रूपमा टिप्पणी गरेको छ।
साथै, संघीय निजामती सेवा, विद्यालय शिक्षा लगायतका महत्वपूर्ण कानुन निर्माणका क्रममा सरोकारवाला पक्षहरूको आवाज समेट्न सरकारको ध्यानाकर्षण गराइएको पनि नेकपाले जनाएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया