काठमाडौं । सुकुम्बासीको विवरण माग गर्दै स्थानीय तहहरूलाई पत्राचार गरिएको विषयमा उठेको प्रश्नप्रति नेपाली सेनाले स्पष्टीकरण सार्वजनिक गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै मनसुनका बेला सम्भावित विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक तथ्याङ्क संकलन गरिएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘राहत, उद्धार तथा पुनर्स्थापनालाई सहज बनाउन र सम्भावित जोखिमको नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको हो।’
सेनाका अनुसार विगतका वर्षहरूमा बाढी, पहिरो तथा नदी कटानबाट भएको क्षतिलाई ध्यानमा राख्दै यसपटक पनि पूर्वतयारीका कार्यक्रम अघि बढाइएको छ। विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक योजना निर्माण र सरोकारवाला निकायसँग समन्वय भइरहेको पनि सेनाले जनाएको छ।
सेनाले बर्दिया, उदयपुरलगायत जिल्लामा सुकुम्बासीको विवरण माग गरिएको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका आलोचनाप्रति यो स्पष्टीकरण दिएको हो।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया