काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताएका छन् ।

गोरखाबाट निर्वाचित भएपछि आयोजना गरिएको धन्यवाद सभामा बोल्दै प्रचण्डले जुन उद्देश्य र लक्ष्य लिएर गठबन्धन गरिएको चुनावबाट त्यो पूरा नभएको बताए । उनले आफूले गोरखाका अन्य कार्यक्रमलाई थाती राखेर काठमाण्डौमा गठबन्धनका नेताहरूसँग तुरुन्तै छलफल थाल्ने पनि बताए ।

‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ, नसोचेका केही कुरा भए, त्यसैले यहाँ सकेर तुरुन्त काठमाण्डौ जानु पर्ने भएको छ’ प्रचण्डले भन्नुभयो ‘गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ, अपेक्षा गरेको जस्तो भएन, गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ  ।’

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com