काठमाडौं । सरकारले जारी गरेको अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का २० सदस्य पदमुक्त हुने भएका छन्।

राष्ट्रपतिबाट सरकारको सिफारिसमा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश’ अनुसार अघिल्लो सरकारको कार्यकालमा नियुक्त भएका सदस्यहरूको पद स्वतः खारेज हुने अवस्था सिर्जना भएको हो।

advertisement

३७ सदस्यीय संरचना रहेको राखेपमा एक सदस्य पद भने अझै रिक्त रहेको छ। अब अध्यादेश कार्यान्वयनमा आएपछि बाँकी २० सदस्यको जिम्मेवारी पनि समाप्त हुने निश्चित भएको छ।

यसअघि नै उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिइसकेका छन् भने सदस्य–सचिवको कार्यकाल समाप्त भइसके पनि नयाँ नियुक्ति हुन सकेको छैन। हाल रामचरित्र मेहता लाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
राखेपको संरचनाअनुसार सातै प्रदेशका सदस्य–सचिव, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का प्रतिनिधिहरू पदेन सदस्यका रूपमा रहने व्यवस्था छ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालय का सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय का प्रतिनिधि तथा खेलकुद विकास महाशाखाका सहसचिव पनि बोर्डका पदेन सदस्य हुन्छन्। परिषद्को अध्यक्षता भने खेलकुदमन्त्रीले गर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com