काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न सरकारले कडाइ गर्नुपरेको बताएका छन्।

आइतबार निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले तस्करी नियन्त्रणका कदमका कारण केही असन्तुष्टि देखिए पनि राज्यले यस्तो गतिविधिलाई बेवास्ता गरेर बस्न नसक्ने स्पष्ट पारे।

advertisement

उनका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैली नै छिमेकी बजारसँग जोडिएको हुन्छ, जहाँ उनीहरू सस्तोमा आवश्यक सामग्री खरिद गरेर दैनिक जीवन चलाउने गर्छन्। तर यही अवस्थाको आडमा भइरहेको अवैध तस्करीलाई भने राज्यले सहन नसक्ने उनको भनाइ छ।

लामिछानेले एकातर्फ उपभोक्ताको हित र सहजता कायम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्कोतर्फ स्वदेशी व्यवसायीहरूको संरक्षण र प्रोत्साहन पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। यी दुवै पक्षबीच सन्तुलन कायम गर्दै नीति निर्माण गर्नुपर्ने उनले जोड दिए।

उनले सीमा क्षेत्र उपभोक्ताका दृष्टिले संवेदनशील भएकाले हाल अपनाइएको कडाइलाई आवश्यकताअनुसार पुनर्विचार गर्ने तयारी भइरहेको जानकारी दिए।

जनजीवनमा असर नपर्ने गरी एकातर्फ उद्यमी तथा व्यवसायीको विकास र अर्कोतर्फ आम उपभोक्ताको सहजताबीच समन्वय गर्न केही समय लाग्न सक्ने उल्लेख गर्दै उनले सरकारका कदमलाई गलत रूपमा नबुझ्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com