काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य मा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ भने बढेको देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
आइतबार भने सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेर पाँच हजार ३० रुपैयाँ पुगेको छ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको कारोबार जारी रहेको छ।
आज सुन प्रतिऔंस चार हजार ६ सय ७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ।
सुनको मूल्यमा आएको सामान्य गिरावट र चाँदीको वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय माग र आपूर्तिको प्रभावका कारण भएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया