काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित निर्माण व्यवसायिक कार्यालयहरूमा छापा मारिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार हेटौँडा र काठमाडौंमा रहेका उनका निर्माण व्यवसायसम्बन्धी कार्यालयमा एकसाथ छापा मारेको हो।
विभागको टोलीले हेटौँडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) र काठमाडौंस्थित कार्यालयमा अनुसन्धानका क्रममा आवश्यक कागजात तथा विवरण संकलन गरेको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया