काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालत ले निर्णय दिएपछि दुई नेताबीच पहिलोपटक औपचारिक छलफल भएको हो।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा करिब एक घण्टा चलेको उक्त भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। कोइरालाको सचिवालयले भेट भएको पुष्टि गरे पनि छलफलको एजेन्डा खुलाइएको छैन।
यसैबीच, सभापति थापाले मंगलबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गर्ने तयारी गरेका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार थापा र उपसभापति विश्वप्रकाश शर्माले संयुक्त रूपमा खड्कासँग भेट गर्नेछन्।
यसअघि सभापति थापाले वैशाख ६ गते खड्कासँग भेटवार्ता गरेका थिए। त्यसअघि वैशाख ४ गते सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया