काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि आफ्नो निकट व्यक्तिलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन राजनीतिक चलखेल गरेको आरोप लगाएका छन्।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत आफ्नो अनुकूल निर्णय गराउन खोजेको दाबी गरे।

advertisement

उनका अनुसार संसद्को अधिवेशन बोलाउने र बन्द गर्ने प्रक्रिया समेत आफ्ना स्वार्थअनुकूल निर्णयका लागि प्रयोग गरिएको छ। “प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा आफ्नो मान्छे ल्याउन सरकारबाटै योजनाबद्ध प्रयास भएको देखिन्छ,” थापाले भने।

थापाले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरेको आरोप पनि लगाए। यस्तो कदम आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ थियो।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com