काठमाडौं । सुनसरीमा रिब १४८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडाबाट लागूऔषध गाँजा १४८ किलोग्रामसहित दुई जना पक्राउ लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बिरपुर बस्ने २१ वर्षीय मो.सदाम र १८ वर्षीय किशोर रहेका छन् ।

advertisement

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com