काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनले पदभार सम्हालेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका थिए ।
महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनमार्फत अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसपछि उनले संस्थाको नेतृत्व औपचारिक रूपमा सम्हालेका हुन् ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया