एजेन्सी । भारतको बिहारमा मुख्यमन्त्री सम्राट चौधरी नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ । बिहीबार पटनास्थित गान्धी मैदानमा आयोजित शपथ ग्रहण समारोहमा ३२ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । पूर्वमुख्यमन्त्री नीतिश कुमारका छोरा निशान्त कुमार पनि मन्त्री नियुक्त हुने सूचीमा समावेश छन् ।

सम्राट चौधरी मुख्यमन्त्री बनेको २२ दिनपछि ठूलो मन्त्रिपरिषद् विस्तार गरिएको हो । नयाँ मन्त्रिपरिषद्मा भारतीय जनता पार्टी (भाजपा) बाट १५, जनता दल (युनाइटेड) जेडीयूबाट १३, लोक जनशक्ति पार्टी (रामविलास) बाट २ तथा हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाबाट १–१ जना मन्त्री बनेका छन् ।

advertisement

शपथ ग्रहण समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपाका शीर्ष नेता तथा पूर्वमुख्यमन्त्री नीतिश कुमारसहितका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भाजपाबाट रामकृपाल यादव, केदार गुप्ता, नितिश मिश्रा, मिथिलेश तिवारी, रामा निषाद, विजय कुमार सिन्हा, दिलीप जायसवाल, प्रमोद चन्द्रवंशी, लखेन्द्र पासवान, सञ्जय टाइगर, इन्जिनियर कुमार शैलेन्द्र, नन्द किशोर राम, रामचन्द्र प्रसाद, अरुण शंकर प्रसाद र श्रेय सिंह मन्त्री बनेका छन् ।

त्यस्तै जेडीयूबाट निशान्त कुमार, श्रवण कुमार, अशोक चौधरी, लेसी सिंह, मदन साहनी, सुनिल कुमार, जामा खान, भगवान सिंह कुशवाहा, शिला मण्डल, दामोदर राउत, बुलो मण्डल, रत्नेश सदा र श्वेता गुप्ताले शपथ लिएका छन् ।

लोक जनशक्ति पार्टी (रामविलास) बाट सञ्जय पासवान र सञ्जय सिंह मन्त्री बनेका छन् भने हिन्दुस्तानी अवाम मोर्चाबाट सन्तोष माझी र राष्ट्रिय लोक मोर्चाबाट दीपक प्रकाशले मन्त्री पद सम्हालेका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com