काठमाडौं। ललितपुरको लेलेस्थित ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् ।

‘छहारी’ र ‘ओमकार’ ब्रान्डका सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलको प्याकेटमा उल्लेख गरिएको परिमाणभन्दा कम तेल राखेर बजारमा बिक्री भइरहेको सूचना प्राप्त भएपछि छापा मारिएको थियो ।

प्रहरीले गोदावरी नगरपालिका–५ स्थित उद्योगमा अनुगमन गर्दा प्याकेटमा लेखिएको तौल र वास्तविक तेलको मात्रामा फरक भेटिएको जनाएको छ ।

छापा मार्ने क्रममा प्रहरीले बिक्रीका लागि तयारी अवस्थामा रहेका ९०५ कार्टुन सूर्यमुखी तेल बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

उनीमाथि नापतौल तथा उपभोक्ता ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com