काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति कडा असन्तुष्टि जनाएका छन्।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा उनले सरकारले विधि र संवैधानिक पद्धति उल्लङ्घन गर्दै नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका छन्। संसदलाई छल्दै र राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइनु नै आपत्तिजनक कदम भएको उनको भनाइ छ।

advertisement

साम्पाङले वरियतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने निर्णयलाई गम्भीर त्रुटि भन्दै यस्तो अभ्यासले न्यायपालिकाको विश्वसनीयतामाथि प्रश्न उठाउने बताएका छन्।

उनले आफ्नै पार्टीबाट उपसभामुख बनेकी व्यक्तिको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब सिर्जना गरिएको अवस्थामा समेत उपसभामुखले वरियताक्रम मिचिएको निर्णयमा समर्थन जनाउनु खेदजनक रहेको उनको टिप्पणी छ।

साथै, उनले यस नियुक्ति प्रक्रियामा राजनीतिक र कानुनी स्वार्थ लुकेको आशङ्का व्यक्त गरेका छन्। सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलन जस्ता संवेदनशील विषयहरूमा आफूअनुकूल निर्णय गराउन सरकार यस्तो कदमतर्फ अग्रसर भएको हुनसक्ने उनको दाबी छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com