काठमाडौं। डच क्रुज जहाज एमभी होन्डियसमा देखिएको हान्टाभाइरस संक्रमणका बीच जहाजमा दुई भारतीय चालक दलका सदस्य पनि रहेको पुष्टि भएको छ ।

ओशनवाइड एक्सपिडिसनद्वारा सञ्चालित उक्त जहाजमा कुल १४९ जना रहेको र हाल अफ्रिकाको केप भर्डे नजिकै लंगरमा राखिएको जनाइएको छ ।

advertisement

रिपोर्टअनुसार जहाजमा हान्टाभाइरस संक्रमण फैलिँदा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

मृतकमध्ये एक डच दम्पती र एक जर्मन यात्री रहेका छन् । गम्भीर बिरामी भएका एक यात्रुलाई उपचारका लागि दक्षिण अफ्रिका पठाइएको छ भने बाँकी संक्रमितहरूको उपचार भइरहेको छ ।

कम्पनीले यात्रु तथा चालक दलका सदस्यहरूको राष्ट्रियता सूची सार्वजनिक गर्दै जहाजमा २३ जना विभिन्न देशका नागरिक रहेको जनाएको छ । यसअघि विस्तृत विवरण सार्वजनिक गरिएको थिएन ।

सूचीअनुसार जहाजमा दुई भारतीय चालक दलका सदस्य रहेका छन् । उनीहरूको नाम, पद तथा स्वास्थ्य अवस्थाबारे भने जानकारी सार्वजनिक गरिएको छैन ।

विश्व स्वास्थ्य संगठन तथा स्थानीय स्वास्थ्य निकायहरूले अवस्थाको निगरानी गरिरहेको जनाइएको छ । जहाजमा रहेका सबैलाई अलग्गै राख्न र कडा सावधानी अपनाउन निर्देशन दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, न्युजिल्यान्ड, सेन्ट किट्स र नेभिस, सिङ्गापुर, स्विडेन, स्विजरल्यान्ड, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका गरी १२ देशका लागि चेतावनी जारी गरेको छ ।

संक्रमण फैलावट सीमित हुने अपेक्षा गरिएको भए पनि थप परीक्षण जारी रहेकाले नयाँ संक्रमित फेला पर्न सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com