काठमाडौं । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
शुक्रबार नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) सहितका विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा रिट दायर गरेका हुन्।
रिटमा सरकारको उक्त निर्णयले संविधानले प्रत्याभूत गरेको संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको उल्लङ्घन गरेको दाबी गरिएको छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा दायर गरिएको रिटमार्फत उक्त निर्णय खारेज गर्न अदालतसँग माग गरिएको छ।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया