काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधान न्यायाधीश सिफारिसको प्रक्रियामाथि कडा आपत्ति जनाउँदै संविधानको मर्म विपरीत काम भएको बताएका छन्।

शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा बोल्दै उनले संवैधानिक निकायमा नियुक्ति प्रक्रियालाई प्रधानमन्त्रीको एकल प्रभावबाट मुक्त राख्न संवैधानिक परिषद्को व्यवस्था गरिएको भए पनि पछिल्लो निर्णयले त्यसको उद्देश्य नै कमजोर बनाएको टिप्पणी गरे।

advertisement

थापाले अव्यवस्थित बस्ती हटाउने नाममा राज्यले देखाएको व्यवहारप्रति पनि असन्तुष्टि जनाए। उनले भूमिहीन र सुकुमबासीलाई अपराधीसरह व्यवहार गरिएको भन्दै यस्तो दृष्टिकोण अमानवीय र अस्वीकार्य भएको बताए।

उनले अहिले नेपाली कांग्रेस संघीय स्तरमा प्रतिपक्षमा रहेकाले सरकारका त्रुटिपूर्ण कदमहरू तथ्य र प्रमाणका आधारमा संसद्मा सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे। साथै प्रदेश र स्थानीय तहमा कांग्रेस नेतृत्वका सरकारहरूले संघीय सरकारका कमजोरी दोहोर्याउन नहुने भन्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com