काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ ले प्रधानमन्त्री बालेन शाह ले नागरिकको घरमात्र नभई सपना समेत भत्काएको आरोप लगाएका छन् ।

निर्वाचन सम्पन्न भएको दुई महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी लाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनले दाबी गरे ।

advertisement

प्रसाईँले भने, “हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन, कुन घर फर्किन्छस् ?”

उनले सुरुदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनामा बनेको बताउँदै आएको उल्लेख गरे । अहिलेका गतिविधिले आफ्नो आरोप पुष्टि भएको उनको दाबी छ ।

प्रसाईँले सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरेको आरोप लगाए । चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेर सरकारले न्याय प्रणालीको गरिमा कमजोर बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com