काठमाडौं । काठमाडौं बाट बीरगन्ज का लागि छुटेको एक रात्री बस आज बिहान बीरगन्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्स को बागमती प्रदेश ०१–००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुर का अनुसार काठमाडौंबाट रात्रि सेवामा गुडेको उक्त बस गन्तव्य नजिक पुग्ने क्रममा दुर्घटनामा परेको थियो । बसमा सवार यात्रुहरूको यकिन संख्या नखुले पनि सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

advertisement

बस अचानक पल्टिँदा यात्रुहरू केही समय त्रसित बनेका थिए । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल पुगेका थिए । केही यात्रुहरूलाई सामान्य चोटपटक लागेको भए पनि कसैको अवस्था गम्भीर नरहेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नआएको बताइएको छ ।

प्रहरीका अनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com