काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सोमबार बिहान १०:३० बजेका लागि बैठक तय गरिएको जानकारी सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले दिएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकले आगामी आर्थिक वर्षका लागि तयार पारिएको सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।
सोही दिन सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया