काठमाडौँ । सुनसरी-४ मा पुनः मतगणना गर्न माग गर्दै सञ्चार मन्त्रीसमेत रहेका नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्।

शनिबार दिउँसोदेखि रोकिएको मतगणना आज सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि आजको सर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन। लगत्तै कार्कीले आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।

सुनसरी-४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको थियो। निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि काँग्रेसले आपत्ति जनाएको थियो।

यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो। तर, काँग्रेसका कार्कीले त्यो प्रस्ताव मानेका छैनन्।

‘सुरुदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशङ्का भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मत गणना सुरुदेखि नै हुनुपर्छ।’

मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन्।

 

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com