काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमा प्रणालीमा देखिएका समस्या समाधान गरी यसलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने दिशामा सरकार गम्भीर रूपमा अघि बढिरहेको बताएकी छन् ।

सोमबार वीर अस्पताल मा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गर्दै उनले स्वास्थ्य बीमामा विद्यमान जटिलताबारे सुधारको आवश्यकता औंल्याइन् ।

advertisement

स्वास्थ्यमन्त्री निशा मेहताले हालको स्वास्थ्य बीमा प्रणालीमा केही पेचिला पक्षहरू रहेको स्वीकार गर्दै ती समस्यालाई कसरी सरल, प्रभावकारी र सर्वसुलभ बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयस्तरमै गहन अध्ययन र छलफल भइरहेको जानकारी दिइन् ।

उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ र निकट भविष्यमै नागरिकलाई सहज हुनेगरी नयाँ व्यवस्था सार्वजनिक गरिनेछ ।

‘स्वास्थ्य बीमामा केही जटिलता छन्, त्यसलाई कसरी सहजीकरण गर्ने र जनमैत्री बनाउने भन्नेबारे हामी गम्भीर रूपमा काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘प्रक्रिया अन्तिम चरणमा छ, चाँडै नै यसबारे स्पष्ट जानकारी आउनेछ ।’

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com